२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.54

Humidity: 100

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी जापानमा पढ्न जान थालेको १२१ वर्ष पुरा



अ+ अ-

काठमाण्डौ । जापानमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्ष पुरा भएको छ । सन् १९७३ मा सो संस्था स्थापना गरिएको थियो ।

सरकारी स्तरमा नेपाली विद्यार्थीहरु जापानमा पढ्न जान थालेको १ सय २१ वर्ष भइसकेतापनि जापानमा पढेर फर्केका विद्यार्थीहरुले ५० वर्ष अघिमात्र सन् १९७३ मा ‘जुआन’ संस्था स्थापना गरेका थिए ।

सन् १९०१ मा राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमसेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझि खनिज, दीप नरसिंह राणा कृषि, हेम बहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए ।

जुआन स्थापनाको ५० वर्ष अर्थात स्वर्ण महोत्सवको अवसरमा सो संस्थाका पुर्व अध्यक्ष एवम् संस्थापक मध्येका एक ८३ वर्षिय हरेन्द्र विकास बरुवालाई दोसल्ला र सम्मानपत्र सहित ‘जुआन दीर्घ सेवा सम्मान’ बाट सम्मानित गरियो ।

ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जुआनद्वारा ललितपुरको हिमालय होटेलमा आयोजित स्वर्ण महोत्सव विशेष समारोहमा नेपालका लागि जापानी राजदूत युताका किकुताले पुर्व अध्यक्ष बरुवालाई ‘जुआन लाइफटाइम सर्भिस अवार्ड’ बाट सम्मानित गर्नुभएको थियो । ८३ वर्षिय पुर्व अध्यक्ष बरुवा अहिलेपनि जुआनको हरेक कृयाकलापमा उत्तिकै सकृयताका साथ लागिराख्नुभएको छ ।

सोही अवसरमा जुआन कार्यसमितिले वर्तमान अध्यक्ष डा.प्रविण श्रेष्ठ सहित संस्थाका पुर्व अध्यक्षहरु डा.तारानिधि भट्टराई, डा.बल बहादुर पराजुली, डा.केशव श्रेष्ठ, डा.रामेश्वर पोखरेल, डा.दिनेशराज भुजु, डा.रोहित पोखरेल, मनोज गिरी र डा.प्रेम पौडेललाई पनि सम्मान गर्यो । राजदूत किकुताले वहाँहरुलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो ।

सोही समारोहमा राजदूत किकुताले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर स्वर्गिय हिमालय शमशेर राणालाई मरणोपरान्त सम्मान गर्नुभएको थियो । सो सम्मान उहाँका छोरा अमर शमशेर राणाले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा जुआनका अध्यक्ष डा. प्रविण श्रेष्ठले राजदूतावासलाई दिएको प्रशंसापत्र ग्रहण गर्दै राजदूत किकुताले नेपाल र जापानवीच सरकार सरकारवीच मात्रै नभई जनता जनताविच पनि गाढा सम्वन्ध रहेको उल्लेख गर्नुभयो ।

जापानमा उच्च शिक्षा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीबाट नेपालमा शैक्षिक, सामाजिक र प्राविधिक ज्ञान विस्तार गर्न सहयोग पुगेको पनि राजदूत किकुताले बताउनुभयो ।

कार्यक्रममा जुआनको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित ‘जुआन स्मारिका २०२३’ तथा जुआनका पुर्व अध्यक्ष बरुवाद्वारा लिखित पुस्तक ‘फ्रेण्डशिप एण्ड स्पिरिचुयल लिंक विथ द पिपुल अफ जापान’ जापानी राजदूत किकुताले विमोचन गर्नुभयो । पुस्तकका लेख बरुवाले त्यसबारे प्रकश पार्नुभयो ।

त्यस अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दुईदेशवीचको सम्वन्धलाई प्रगाढ पार्न जुआनले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जुआनले ललितपुरको बागमती करिडोरमा रोप्न लागेको साकुराको विरुवाको संरक्षण गर्ने दायित्व महानगरको भएको प्रष्ट पार्नुभयो ।

जुआनका अध्यक्ष डा.प्रविण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जुआनका पुर्व अध्यक्ष डा.केशव श्रेष्ठ, वर्तमान उपाध्यक्ष डा.खड्ग केसी, महाचिव डा.जीवन भट्टराई, टोयोटा नेपालका र्सुयांस वैद्य, जुआनका सदस्य प्रा.मनसा थापालगायतले बोल्नुभएको थियो ।