• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

आदिपुरुष चलचित्रका लेखक मुन्तसिरले माफी मागे



काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तसिरले अन्ततः माफी मागेका छन् । चलचित्र रिलिज भएको एक महिनापछि आज उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् ।
चलचित्र रिलिजभएपछि चर्को आलोचना भएपछि बचाउमा उत्रिएका उनले अन्ततः करिब एक महिनापछि माफी मागेका छन् । सुरुमा उनले हनुमान भगवान होइन, हामीले बनाएका हौँ भन्दै आधुनिक युगमा पुरानो शैलीको रामायण कसैलाई मन नपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिँदै बचाउमा उत्रिएका थिए । तर नेपाल, भारत र श्रीलंकालगायतका देशमा चर्को आलोचना भएपछि उनले माफी मागेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आदिपुरुषका कारण भावनामा चोट पुगेको म स्वीकार गर्छु, सबै भाइ बहिनी, ठूलाबढा, पुज्यनिय साधु तथा सन्त र श्री रामका भक्तहरुसँग म हात जोडेर बिना सर्त क्षमा माग्छु । भगवान बजरंगबलीले हामी सबैलाई कृपा गरुन् । हामी एक र अटुट रहँदै आफ्नो पवित सनातन धर्मको सेवा गर्ने शक्ति प्रदान गरुन ।’
उनले यसअघि हनुमान भगवान नभइ सेवक भएको बताएका थिए ।