२५ मंसिर २०८२, बिहीबार
,
Latest
सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ६ सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीरासँग पहिलोपटक भेट्दा लाजले भुतुक्कै भएका थिए शाहिद



अ+ अ-

एजेन्सी । शाहिद कपुर र मीरा राजपुतको विवाहको ८ वर्ष पूरा भएको छ । यो जोडीले जुलाई ७ मा आफ्नो वार्षिकोत्सव मनाए । यस अवसरमा दुवैले इन्स्टाग्राम ह्यान्डलमा निकै रोमान्टिक पोस्ट सेयर गर्दै एकअर्काको लागि भावुक पोस्ट सेयर गरेका छन् ।

शाहिदलाई शुभकामना दिँदै मीराले लेखिन्– तिमीलाई घरसम्म उज्यालो ल्याउँछु र तिमी मेरो घर हौ । ह्याप्पी ८ वेबी ।’

मीरासँगको रोमान्टिक तस्बिर सेयर गर्दै शाहिदले लेखेका छन्, ‘ताराले भरिएको आकाशको बीचमा मैले तिमीलाई मेरो मुटु दिएको छु । अगाडि बढ र मेरो हृदयलाई टुक्रा टुक्रा पारेर हेर.. तिमीले आफैलाई मेरो हृदयमा पाउनेछौ । मेरो जीवनभरको श्रीमतीलाई वार्षिकोत्सवको शुभकामना ।’

शाहिद र मीराको भेट २० वर्षको उमेरमा भएको थियो । त्यतिबेला उनी कलेजमा पढ्दै थिइन्, त्यतिबेला शाहिद ३४ वर्षका थिए । दुवैको भेट एक विवाहको समारोहमा भएको थियो ।

शाहिदले सुरुमा मीरालाई भेट्दा आफू अलि लजालु भएको बताउँछन् । केही समयपछि अभिनेताले बुझे कि मीराले आफ्नो स्टारडमको वास्ता गर्दिनन् । हालै मिड–डेलाई दिएको अन्तर्वार्तामा शाहिदले मीरासँगको पहिलो भेटको कथा सेयर गरेका छन् ।

उनले भने – ‘जब मेरो र उनको भेट भयो, मैले मीराको बारेमा पहिलो कुरा के देखेँ कि उनी २० वर्षकी थिइन्, म ३४ वर्षको थिएँ र म अलिकति लज्जित भएँ । मलाई उनी म भन्दा धेरै कान्छी लाग्यो । म प्रायः कसैलाई भेट्न र तिनीहरूसँग जोड्न पाउँदा खुसी हुन्थेँ । जब मैले मीरालाई भेटें, उनी म एक अभिनेता हुँ भन्ने कुरामा उत्साहित वा प्रभावित भइनन् ।’