१ पुष २०८२, मंगलवार
,
Latest
पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ



अ+ अ-

गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्।

उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए।

आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्।

उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्।

उनकी दिदी हाल गण्डकी मेडीकल कलेजमा एमबीबीएस अध्ययरत छिन्। उनकी आमा शिक्षिका हुन् भने बुवा व्यवसायी आरूघाटमा रहँदै आएका छन्।

माध्यमिक शिक्षा परीक्षा एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसईईमा २२ हजार ४ सय ७५ जनाले ३।६ देखि ४ जीपीए ल्याएका छन्।