२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल शुरु

सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल शुरु
अ अ+ अ-

जाजरकोट । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो ।

रुकुमपश्चिमको चौरजहारीमा रहेको पिसिआर प्रयोगशालाले स्वाब परीक्षण गरेको बजेट माग्न थालेपछि थप समस्या भएको छ । जाजरकोटका सबै पालिकामा स्वाब परीक्षण गरेवापत चौरजहारी नगरपालिकाले बजेट माग गर्दै पत्राचारसमेत गरेको छ । अहिले पैसा तिरेर स्वाब परीक्षण गर्न उर्दी जारी गरेपछि समस्या आएको हो । त्यस्तै सुर्खेतस्थित प्रयोगशालामा जाजरकोटबाट पठाएका स्वाबको नतिजा आउन धेरै दिन लाग्ने भएकाले जिल्लामै पिसिआर प्रयोगशाला खरिद गर्न दबाब परेको हो । चौरजहारी नगरपालिका मताहातमा रहेको पिसिआर प्रयोगशाला प्रदेश सरकारको लगानीमा खरिद गरिएको थियो ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थितिमा जिल्लाका सबै सांसदको सहभागितामा भएको भर्चुअल बैठकबाट यस्तो निर्णय गरिएको प्रजिअ देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूर्वमन्त्री शक्ति बस्नेतले जिल्लामाा अभाव र समस्या भएर कोही पनि नागरिकको मृत्यु भएको खबर सुन्नु नपरोस्, सबै खालको विधि प्रयोग गरेर नागरिकको ज्यान बचाउनुपर्छ ।”

त्यस्तै भर्चुअलमार्फत भएको डिसीसिएमसीको बैठकले स्वास्थ्यकर्मीको अभाव भएमा त्यो प्रदेश, सङ्घीय सरकारसँग समन्वय गरेर करारमा स्वास्थ्यकर्मी नियुक्त गर्न निर्देशन पनि दिइएको छ । जिल्लामा प्राप्त हुने स्वास्थ्य सहायता तथा औषधिलाई एकीकृत गरी डिसीसिएमसीमार्फत आवश्यकता आधारमा उपलब्ध गराउने निर्णयसमेत भएको प्रजिअ देवकोटाले जानकारी दिनुभयो ।

पालिकाहरूमा अक्सिजन, औषधि, उपकरण, स्वास्थ्य सामग्री सबै पालिकाले तत्काल डिसीसिएमसी र स्वास्थ्य सेवा कार्यालयमार्फत सम्बन्धित निकायलाई जानकारी पठाउन निर्देशन दिइएको छ । जिल्लामा अहिलेसम्म शवबहान नभएकाले शव व्यवस्थापनमा देखिएको समस्या हल गर्न तत्काल शवबाहन खरिद गर्नका लागि प्रक्रिया शुरु गर्ने निर्णय भएको छ । जिल्लामा सबै पालिकाले आवश्यक पर्ने सामग्री, अक्सिजन, कीटलगायतको समस्या भए स्वस्थ्य सेवा कार्यालयमा जानकारी गराई त्यसलाई एकीकृत गरी स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखामा पठाउने र त्यसको जानकारी सांसदहरूलाई समेत गराउने निर्णय भएको छ ।

त्यस्तै जिल्ला सदरमुकाम र पालिकामा कोरोना नियन्त्रणका लागि भएका गतिविधिको विषयमा जानकारी दिनका लागि राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गाउँगाउँमा खटिनुभएको छ । प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जिल्ला अस्पतालमा हुने समस्या समाधान गर्न निर्णय गरेर प्रदेशबाट पहल गर्नुभएको थियो । अहिले शर्मा भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा भएको व्यवस्थापनको विषयमा बुझ्न गाउँमा रहेको जानकारी दिनुभयो । पालिकास्तरका स्वस्थ्य संस्थामा उपचार भइरहेको बिरामीको मनोबल बढाउन भेटघाट गरिएको शर्माले बताउनुभयो । जिल्लामा भएका निर्णय पालिकामा कार्यान्वयन भए÷नभएको अनुगमनसमेत भइरहेको उहाँको भनाइ छ । कोही नागरिकलाई पनि उपचार गर्न विभेद तथा समस्यामा पर्न नदिने भन्दै अनुगमनमा गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडका बिरामीको मात्र कुरा होइन, अन्य बिरामीको उपचारका लागि व्यवस्थापनको अवस्था के छ भन्ने पनि मुख्य कुरा हो, हामी जनताको सेवामा सधैँ प्रतिबद्ध छौँ”, अहिले जिल्लामा दैनिक सङ्क्रमण निको हुने सङ्ख्यासमेत बढेको छ ।

जुनिचाँदे गाउँपालिकाको सेवा बन्द

गाउँपालिकाका कावा अध्यक्ष शिवा आचार्य (बस्नेत) र प्रमुख प्रशासकीय अधिकृत दीपककुमार शाहीलगायत १६ जनामा कोरोना पुष्टि भएपछि जुनिचाँदे गाउँपालिकाको सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । एक हप्ताका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिनुभयो ।