२ आश्विन २०८३, शुक्रबार
,
Latest
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण



अ+ अ-

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उहाँको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन् ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिनुभयो  । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते हुनुभएको छ । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गर्नुभयो । 




भर्खरै