१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा गणतन्त्र दिवसमा तीन दिन दीपावली मनाइने



अ+ अ-

विराटनगर । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गराउने, जिल्लाभित्रका धार्मिक, सांस्कृतिक सम्पदाको सरसफाइसहित सौन्दर्यीकरणमा अभिवृद्धि गर्न आग्रह गरिएको छ । रासस