२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय भन्छन् – परिवारसँग बसेर ‘राजा हिन्दुस्तानी’ हेर्दै थिएँ आमिर र करिश्माको चुम्बन दृश्यले असहज बनायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विजय वर्मा यतिबेला आफ्नो फिल्म ‘लस्ट स्टोरीज २’ को कारण चर्चामा छन् । विजय अहिले फिल्मको सफलतामा रमाइलो गरिरहेका छन् । यो फिल्म नेटफ्लिक्समा ट्रेन्डिङमा पहिलो नम्बरमा छ । यस फिल्ममा विजयले पहिलो पटक अभिनेत्री तमन्ना भाटियासँग काम गरेका छन् ।

हालै, अभिनेताले आमिर खान र करिश्मा कपूर स्टारर फिल्म ‘राजा हिन्दुस्तानी’ आफ्नो परिवारसँग हेरेको आफ्नो अनुभव र फिल्म हेर्दा परिवारको प्रतिक्रिया कस्तो थियो साझा गरेका छन् ।

हालै एक अन्तर्वार्तामा विजयले फिल्म ‘राजा हिन्दुस्तानी’ मा चुम्बन दृश्यको अनुभव साझा गर्दै आफू दुई–तीन परिवारका सदस्यसँग राजा हिन्दुस्तानी हेर्न गएको बताए । ‘म मेरा आमाबुबा, मेरा काका र तिनीहरूका परिवार । हामी थिएटरमा एक पङ्क्तिमा २० जना बस्यौं । पुरै फिल्म राम्रो चलिरहेको थियो कि अचानक आमिर र करिश्माको किसिङ सीन सुरु भयो । यो दृश्य देख्नेबित्तिकै उक्त लाइनमा असहज फैलियो । मलाई के गर्ने थाहा नै भएन ।’ उनले भने ।

विजयले थपे, ‘यो दृश्य कहिले समाप्त हुन्छ म पर्खिरहेको थिएँ, तर यो दृश्य एक घण्टाभन्दा बढी देखाइँदै थियो जस्तो लाग्यो ।’ विजयको यो कुरा सुनेर त्यहाँ उपस्थित अभिनेत्री तमन्ना चर्को स्वरले हाँस्न थालिन् र परिवारसँग कुनै पनि घनिष्ट दृश्य हेर्न पाउनु साँच्चै चुनौतीपूर्ण हुने बताइन् ।