२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मुख्यमन्त्री थापाको नियुक्ति बदरका लागि हिक्मत आजै अदालत जाने



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार गठनमा संवैधानिक विवाद उत्पन्न भएको छ । बिहीबारमात्र नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको सपथ लिएसँगै संवैधानिक विवाद देखिएको हो ।

सरकार गठनका लागि थापाले प्रदेश सभामुखलाई समेत गणना गरी बहुमत जुटाउनुभएको थियो । तथष्ठ भूमिका रहने सभामुखलाई सरकार गठन प्रक्रियामा सामेल गरेको भन्दै प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत जाने हुनुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिकरुपमा उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेको जिकिरसहित आजै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने कार्कीले बताउनुभएको छ ।

उहाँले संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको बताउनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ भनिएको छ ।

थापालाई मुख्यमन्त्री बनाउन चार दलको समर्थन भए पनि बहुमत नपुग्ने अवस्था थियो । तर सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेश भएको थियो ।

संविधानमा सभामुखले मत विभाजनमा बराबर भएको बेला निर्णायक मत दिनेबाहेक कुनै अधिकार नरहेको र सभामुखले दलीय आबद्धतासमेत त्यागेका कारण उनको समर्थनमा सरकार बन्नु असंवैधानिक हुने बताइएको छ ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिकरूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने बताइएको छ ।