• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ : मन्त्री शाही



कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगेको टोली समक्ष उहाँले सरोकारवालाको सुझावलाई अक्षरशः सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अघिल्लो सरकारले दर्ता गरेको विधेयक भएकाले यसमा सच्याउनुपर्ने विषयका सम्बन्धमा आफू प्रष्ट भएको मन्त्री शाहीको भनाइ थियो । “प्रदेशसभा सदस्यहरुले संशोधनदर्ता गर्दैछन्, विषयगत समितिमा पत्रकार महासङ्घको सुझावलाई समेटेर विधेयकलाई परिमार्जन गरिनेछ,” उहाँले भन्नुभयो,“विधेयकप्रति सरोकारवालाले राखेका विषयमा मन्त्रालय र आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।”

अघिल्लो सरकारले प्रदेशमादर्ता गरेको विधेयक सभामा बुधबार टेबुल गरिएको थियो । प्रदेशसभा सचिवालयले उक्त विधेयकमाथि संशोधनको सूचनादर्ता गर्न निर्धारण गरेको समय शनिबार दिउँसो २ बजे सकिँदैछ । पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले विभागीय मन्त्रीका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउँदै संशोधन सूचना दर्ता गर्न अनुरोध गरेको छ । 

 महासङ्घले प्रतिष्ठानको अध्यक्षमन्त्री, योजना आयोगका सदस्य र प्रदेश सरकारका सचिव पदेन सदस्य प्रावधान हटाई सरोकारवालाकै प्रतिनिधित्व बढी हुनुपर्ने धारणा राख्दै आएको छ । महासङ्घले प्रतिष्ठानका कार्यकारी अध्यक्ष आमसञ्चार क्षेत्रमा १५ वर्ष अनुभव र सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने, आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा कम्तीमा १० वर्षदेखि कार्यरत एक महिलासहित तीनजना सदस्य, पत्रकार महासङ्घ प्रदेश समिति अध्यक्ष सदस्य, आमसञ्चार र सूचनाप्रविधि क्षेत्रकाएक-एकजना विज्ञ सदस्य रहनुपर्ने सुझाव पेश गरेको छ । 

महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई नेतृत्वको टोलीले आजनेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का संसदीयदलका सचेतकलाई संशोधन गर्नुपर्ने विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ । महासङ्घले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुधबार उक्त ज्ञापनपत्र बुझाइसकेको छ ।