२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड नेपाल : सङ्क्रमितसँगै बसिरहेका एकाघरका मानिसहरू कसरी जोगिने ?



अ+ अ-

काठमाडौं । अहिले नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। काठमाडौं उपत्यकासहित घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्छ।

यस्तो अवस्थामा सङ्क्रमितहरू भएको घर तथा डेरामा बस्ने सङ्क्रमण नभएका व्यक्तिहरूले कोरोनाभाइरसबाट जोगिने उपायहरू अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्। सङ्क्रमण नभएका परिवारका सदस्यसँग साँघुरो स्थान र एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमितलाई पनि असहज अनुभव हुने पहिला सङ्क्रमण भएका मानिसहरू बताउँछन्। चिकित्सकहरू सङ्क्रमितसँग घरमै बस्दा कस्ता सतर्कता तथा सुरक्षात्मक उपायहरू अपनाउन सल्लाह दिन्छन् तरु

सङ्क्रमित हुँदाको अनुभव
सङ्क्रमितका अनुभवमा एकाघरमा बस्दाको अवस्था सहज हुँदैन। तर सुरक्षात्मक उपाय अपनाएर तथा परिवारका सदस्यभन्दा छुट्टै बसेर सङ्क्रमणबाट अन्यलाई बचाउन सकिने अनुभव केही सङ्क्रमितको छ। सङ्क्रमणमुक्त भइसकेका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका सागरकुमार भट्टराईले घरमा छुट्टै शौचालयको व्यवस्थापन गर्न सकेकाले सहज भएको बताउनुभयो।

'हाम्रो घरमा अन्य परिवारका सदस्यलाई प्रयोग गर्न र मलाई फरक-फरक शौचालय भएकाले सजिलो भयो,' साढे तीन वर्षको छोरासहित आठ जनाको परिवारमा बस्ने भट्टराईले भन्नुभयो। तर सङ्क्रमण भएपछि परिवारका अन्य सदस्यले कुरा बुझे पनि बालबालिकालाई कुरा बुझाउन नसकिने भएकाले निकै असहज भएको अनुभव उहाँको छ।

'छोराले मलाई किन बाबाले माया गर्नु नभएकोरु किन बोक्नु नभएकोरु किन मेरो छेउमा आउनु नभएकोरु भन्ने प्रश्न गर्दा मनमा चिसो पस्थ्यो,' उहाँले भन्नुभयो। छोरालाई सङ्क्रमणबाट जोगाउनका लागि उसलाई मामाघर पठाएर आठ-दश दिन राखेको भट्टराईले बताउनुभयो।

मानसिक तनाव
सङ्क्रमित भएपछि सुरुमा निकै चिन्ता लागेको बताउने भट्टराईले ुकेही दिनसम्म लगातार ज्वरो आएपछि मरिन्छ किु जस्तो लागेको सुनाउनुभयो। त्यसपछि घर परिवारका अन्य सदस्यलाई सरेर गाह्रो बनाउला भन्ने पिर परेको भट्टराई बताउँनु हुन्छ।

तर आफ्नै कोठामा खाना खाएको र शौचालय छुट्टै प्रयोग गर्नुका साथै सरसफाइमा पनि ध्यान दिएकाले त्यस्तो अवस्था नआएको अनुभव गर्नुभएको छ। यद्यपि कोठामा बस्दा एक्लो महसुस गरेको र दिमागमा नकारात्मक कुरा मात्र आएको उहाँले अनुभव गर्नुभयो। अन्य रोगमा जस्तो कसैले नजिकै आएर हेरचाह गर्न नमिल्ने भएकाले मानसिक रूपमा चाहिँ आफू निकै कमजोर भएको जस्तो लागेको उहाँ बताउँनु हुन्छ।

सुरक्षित कसरी हुने ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोलाका अनुसार घरमै उपचाररत सङ्क्रमितहरूले सुरक्षित रूपमा अरू व्यक्तिभन्दा छुट्टै बस्नुपर्छ। पीसीआर पजिटिभ हुँदैमा आत्तिनु नहुने र जथाभाबी औषधि सेवन गर्नु नहुने उहाँको सुझाव छ।

पाँच दिन पछिसम्म पनि ज्वरो आउने, खोकी आउने र अक्सिजन कम हुने समस्या देखिइरहेमा चिकित्सकको सल्लाह लिनुपर्ने उहाँ बताउँनु हुन्छ।

उहाँका अनुसार घरका अन्य व्यक्तिहरूले सङ्क्रमितसँग शौचालय साझा गर्नुपर्दा सुरक्षात्मक उपाय अपनाएर सङ्क्रमणबाट बच्न सकिन्छ।

'एउटै शौचालय प्रयोग गरे पनि त्यसलाई हरेक पटक सङ्क्रमित जाँदा सफा गर्ने र खुला राख्नुपर्छ। हावा वारपार हुने अवस्था बनाउनु पर्छ।'

उहालेँ अन्य स्थान पनि खुला राख्नुपर्ने, सङ्क्रमित जाने स्थान र सङ्क्रमितले प्रयोग गरेका चिजहरूलाई साबुन पानी वा भाइरस मार्ने खालका बजारमा पाइने किटहरू प्रयोग गरेर सफा गर्न सुझाव दिनुहुन्छ।

बीबीसी विश्व सेवाका अनुसार अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन सीडीसीले सङ्क्रमितसँगै बस्ने एकाघरका मानिसहरूमा सङ्क्रमण हुन नदिन अपनाउन सकिने केही उपायहरू यस्ता छन् :

१) सङ्क्रमितको कोठा

सङ्क्रमितलाई छुट्टै कोठामा राख्न सकिने अवस्थामा त्यसको ढोका बन्द गरेर झ्यालहरू खोल्नुपर्छ।

कोठामा हावा वारपार हुने अवस्था बनाउनु पर्छ। त्यसका लागि पङ्खा खोल्न पनि सकिन्छ। सङ्क्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गर्नुपर्छ।

सङ्क्रमितसँग एउटै कोठामा सुत्नुपर्ने अवस्था भएमा कम्तीमा दुई मिटरको दूरी बनाएर दुई वटा ओछ्यानको बीचमा पर्दा लगाएर भए पनि छेक्नुपर्छ।

यदि एउटै ओछ्यानमा सुत्नुपर्ने अवस्थामा दुईतिर फर्केर सुत्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सङ्क्रमितको श्वासप्रश्वास अन्य माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।

२) दूरी
सकेसम्म सङ्क्रमितको कोठामा छिर्नु हुँदैन। छिर्नै परेमा पनि दूरी कायम गर्ने र दुवै जनाले मास्क लगाउने गर्नुपर्छ। 

सङ्क्रमितले छोएका वस्तु छुँदा हातमा एक पटक मात्र प्रयोग गरेर फाल्ने खालको पन्जा लगाएर मात्र छुनुपर्छ।

खानेकुरा ढोकामा राखिदिनु र खाना राख्ने मान्छे गएपछि मात्र सङ्क्रमितले लिनु उपयुक्त हुन्छ।

३) शौचालय
सकेसम्म सङ्क्रमितले छुट्टै शौचालय प्रयोग गर्दा उपयुक्त भए पनि त्यस्तो अवस्था नहुँदा अन्यले प्रयोग गरिसकेपछि मात्र सङ्क्रमितले प्रयोग गर्दा राम्रो हुन्छ।

त्यसपछि पन्जा लगाएर शौचालयलाई राम्ररी भाइरस मार्ने खालका केमिकलहरू प्रयोग गरेर सफा गर्नुपर्छ। सङ्क्रमितले प्रयोग गरेको सकेसम्म लामो समयपछि शौचालय प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ।

सङ्क्रमितको आफ्नै रुमाल हुनुपर्छ र सकेसम्म उसैले सफा गर्नुपर्छ।

सङ्क्रमितले शौचालय गरेर सफा गर्न नसक्ने अवस्थामा अर्को व्यक्तिले मास्क र पन्जा प्रयोग गरेर सफा गर्नुपर्छ र लगत्तै साबुनपानीले हात धुनुपर्छ।

४) सामानहरू
सङ्क्रमितले थाल, गिलास, कचौराजस्ता वस्तु छुट्टै प्रयोग गर्नुपर्छ।

सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा माझ्ने डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानीले धुनुपर्छ।

फोहोर भएका कपडाहरू पन्जा लगाएर निकाल्नुपर्छ र झड्कार्नु हुँदैन।

ती कपडाहरूलाई तातो पानीमा अन्य कपडासँगै धुन सकिन्छ तर ती लुगालाई उच्च तापमा सुकाउनु राम्रो हुन्छ। लुगा धोइसकेपछि साबुनपानीले हात धुनुपर्छ।

सङ्क्रमितले प्रयोग गरेर सफा गरेपछि शौचालय खुला राख्नुपर्छ र सकेसम्म हावा वारपार हुन दिनुपर्छ।

मानसिक स्वास्थ्यको ख्याल
एकाघरमा बस्ने सङ्क्रमित हुँदा सङ्क्रमित र अन्य सदस्यमा समेत मानसिक समस्याहरू देखिने गरेको मनोचिकित्साविद्हरू बताउँनु हुन्छ। त्यस्तो अवस्थामा सङ्क्रमितले आफूलाई नकारात्मक सोच आउन नदिन विभिन्न क्रियाकलाप गर्नुपर्ने उहाँहरूको भनाइ छ।

मनोचिकित्साविद् डा. नर्मदा देवकोटा भन्नुहुन्छ, 'सङ्क्रमितले आफूलाई एक्लो महसुस हुन नदिनका लागि प्रविधिको उपयोग गर्दै आफन्तसँग भिडिओ कुराकानी गर्ने, योग ध्यान गर्ने, पढ्ने, लेख्ने र मन परेको कुराहरू सुन्ने गर्न सकिन्छ।'

त्यस्तै परिवारका अन्य सदस्यहरूले पनि 'घरमा एक व्यक्ति सङ्क्रमित भए अब हामी पनि हुन्छौँ' भन्ने खालको सोच राखेर डराउनु नहुने उहाँको सुझाव छ। सङ्क्रमित हुन नदिनका लागि सुरक्षात्मक उपाय अपनाउने र डर आउन नदिनका लागि सङ्क्रमणलाई पनि सामान्य रूपमा लिनुपर्ने देवकोटाले बताउनु भयो।

त्यस्तै सङ्क्रमित र सङ्क्रमितको परिवारसँग कुराकानी गर्ने आफन्त र साथीभाइले पनि नकारात्मक खबरहरू सुनाउनु भन्दा ढाडस दिएमा मानसिक समस्याहरू कम हुने उहाँ बताउँनु हुन्छ। (बीबीसी नेपाली)