१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर अदालत प्रकरण: कर्मचारी र कानुनव्यवसायी बिच सहमति



अ+ अ-

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानुनव्यवसायी बिच भएको बिवाद समाधान भएको छ । अ

दालतको काम कारबाही नै प्रभाबित पार्दे दुबै पक्ष एक अर्का प्रति आक्रमण रुपमा प्रस्तुत भै रहेका बेला आज ७ बुदे सहमति गरी बिवाद समाधान गरिएको जनाईउको छ । ललितपुर बार एशोसिएसन र ललितपुर जिल्ला अदालत तथा नेपाल बार एशोसिएशनका केन्द्रिय प्रतिनिधिको रोहबरका अधिवक्ता अमिर लामिछाने तथा नासु प्रेमिका तमाङ्गले हस्ताक्षर गर्दे बिबाद समाधान गरेका हुन् ।

सहमति अनुसार उक्त घटना सम्बन्धित दुबै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाब नराखी विबाद अन्त्यगरी आ आफनो क्षेत्रमा काम गर्ने उल्लेख छ । यसै गरी बिग्रिएको भनिएको सिसिटिभी मर्मत गर्ने कर्मचारी र बार एशोसिएसनको बिरोधका कार्यक्रम स्थगित गरी सेवा सुचारु गर्ने र सम्बन्ध सुमधुर बनाउने तथा यस बिषयलाई लिएर सार्बजनिक रुपमा सामाजिक संञ्जाल लगायत माध्यामबाट बिषयान्तर हुने गरी टीकाटिप्पणी नगर्ने उल्लेख छ ।