१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन्– माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरुमा कानून बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीहरुको छानबिन र फाइल खोल्दा गैरजिम्मेबार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिहरुमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेको बताएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेपछि माओवादी केन्द्रले एमालेलाई उक्त जवाफ दिएको हो ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु एमालेको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताउनुभएको छ ।

सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र नभएर भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रको अभ्यास गर्ने थलो संसद् समेत अवरोध गरिएकोप्रति आक्रोश व्यक्त गर्दै भन्नुभएको छ, “‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति भर्त्सना गर्दछ ।”

साथै उहाँले राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आह्वान गर्नुभएको छ ।