१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन्– माओवादी केन्द्र

मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन्– माओवादी केन्द्र
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरुमा कानून बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीहरुको छानबिन र फाइल खोल्दा गैरजिम्मेबार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिहरुमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेको बताएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेपछि माओवादी केन्द्रले एमालेलाई उक्त जवाफ दिएको हो ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु एमालेको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताउनुभएको छ ।

सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र नभएर भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रको अभ्यास गर्ने थलो संसद् समेत अवरोध गरिएकोप्रति आक्रोश व्यक्त गर्दै भन्नुभएको छ, “‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति भर्त्सना गर्दछ ।”

साथै उहाँले राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आह्वान गर्नुभएको छ ।