१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको रुपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न कांग्रेस जिल्ला सभापतिहरुको नेतृत्वलाई आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपमा बसिरहेको जिल्ला सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले पार्टीको रूपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोलाएको जिल्ला सभापतिहरूको भेलामा प्रतिनिधिसभा सदस्य एवं संखुवासभा जिल्ला सभापति दीपक खड्काले पार्टीको रूपान्तरणबारे स्पष्ट गर्न माग गर्नुभयो ।

अहिले पार्टी रूपान्तरणको कुरा उठिरहेको छ भन्दै उहाँले भन्नुभयो, “गुटको रूपान्तरण हो कि पार्टीकै रु यसमा कस–कसलाई समेट्ने हो ?”

कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न नसकेको भन्दै उहाँले पार्टी सरकारमा भए पनि समन्वय हुन नसकेको बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले अर्थमन्त्री प्रकाशशरण महतले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गरेको गुनासो गर्नुभयो । उहाँले आफैँले पनि मन्त्रालयमा पर्याप्त बजेट नपाएकोसमेत बताउनुभयो ।




भर्खरै