२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै
अ अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाउनुभयो । उहाँलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाउनसभयो । 

दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गर्नुभयो, कतै श्यया खाली भएको जानकारी पाइयो । “अस्पतालमा जुनसुकै बिरामी गए पनि पिसिआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रैछन्, सरकारीमा ठाउँ छैन”, उहाँले भन्नुभयो । 

भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा सङ्क्रमितको उपचारमा दिनकै रु ३५ हजार शुल्क लाग्ने र त्यो पनि श्यया छैन भन्ने गरिएको उहाँको बुझाइ छ । “बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पिसिआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ः०० बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो”, उहाँले सुनाउनुभयो ।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पिसिआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए । त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १०ः०० बजे पशुपतिमा शव दाह संस्कारका लागि लगियो ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो । अस्पतालमा श्ययाका लागि हारगुहार गर्दागर्दै बिहान ४ः०० बजे घरमै मृत्यु भयो । कोरोना भएपछि होम आइसोलेशनमा बसेकालाई गाह्रो हुने बित्तिकै अस्पतालमा श्यया नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितमध्ये ३१ जनाको घरमै मृत्यु भएको जानकारी दिनुभयो । त्यसमध्ये गत वैशाखयता मात्रै २१ सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु भएको उहाँ बताउनुहुन्छ । यो सङ्ख्या सङ्क्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाको मात्रै हो । कतिपयले कोरोना सङ्क्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने सङ्क्रमितको तथ्याङ्क कार्यालयले राख्दैन ।  

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताउनुभयो । सङ्क्रमण भएर होम आइसोलेशनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उहाँको भनाइ छ ।

होम आइसोलेशनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा सङ्क्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताउनुहुन्छ । चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै शुरु नगर्दा होम आइसोलेशनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

भक्तपुरमा आजसम्म १९ हजार ३४४ सङ्क्रमितमध्ये तीन हजार ५४२ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो । अहिले विभिन्न आइसोलेशनमा २०८, होम आइसोलेशनमा तीन हजार ३३४ जना रहेका छन् भने १५ हजार ५५६ सङ्क्रमित निको भएर फर्किएका छन् । सङ्क्रमितमध्ये २४६ जनाको ज्यान गएको छ ।