काठमाडौँ । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्।
बिहीबार फेसबुकमा एक स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन्।
उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको बताउँदै तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी छन्।
उनले लेखेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’
गौतम गत माघ १४ मा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।