२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बन्दाबन्दीको असर : दुग्धजन्य पदार्थको कारोबारमा ह्रास

बन्दाबन्दीको असर : दुग्धजन्य पदार्थको कारोबारमा ह्रास
अ अ+ अ-

कैलाली । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् । 

जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमा ३० हजार लिटर जिल्लामै खपत हुने र १० हजार लिटर काठमाडौ जाने गरेको किसान शिव थापाको भनाइ छ । 

यहाँको दूध खपत डडेल्धुरा र डोटीबाट समेत कैलालीमा पनि निर्यात हुन्छ । अत्तरियामा रहेको दूग्ध चिस्यान केन्द्रले कैलालीको बचेको र डडेल्धुरा र डोटीबाट आयात गरिएको दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्ने गर्दछ । थापा भन्नुहुन्छ, ‘‘बन्दाबन्दीपछि आयात र खपत समेत घटेको छ । हाल दूध उत्पादन समेत घटेको छ । बन्दाबन्दीका कारण किसानलाई दाना पाउनसमेत समस्या भएको छ ।’’

यस वर्ष घाँस उत्पादनमा समेत हस आएकाले उत्पादन समेत घटेको किसानको गुनासो छ । किसानले दूध खपत नभएपछि पाडापाडीलाई बढी खुवाउने, घरमै खपत गर्ने वा घ्यू उत्पादन गर्ने जस्ता कार्य गरिरहेको थापा बताउनुहुन्छ । ‘‘टीकापुरमा मात्रै दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । अहिले दुई हजार लिटर उत्पादन घटेको छ । खपत पनि आधा घटेको छ’’, थापाले भन्नुभयो, ‘‘एकातिर काम गर्नुपर्ने भएकाले किसानलाई सङ्क्रमणको जोखिम छ, कामदारलाई नियमित काममा लगाउन जोखिम छ, अर्कोतर्फ लकडाउनले दुग्ध व्यवसायीलाई घाटा भइरहेको छ ।’’

विगतका वर्षमा गर्मी समयमा दुग्धजन्य पदार्थको अभाव हुन्थ्यो । यो समय दूध बढी खपत हुने समय हो । यस वर्ष बजारमा मानिसको चहलपहल घटेसँगै उनीहरुको व्यापार पनि घटेको हो । दूध तथा दुग्धजन्य पदार्थको माग घट्दा गाई, भैँसीपालक किसानदेखि व्यापारीहरु मर्कामा परेका गुनासो बढेको छ ।

बन्दाबन्दीअघि दैनिक १३० लिटरसम्म दूध सङ्कलन गर्दै आइरहेको टीकापुर–१ वनगाउँको देउराली भन्ज्याङ सहकारीले अहिले ७० लिटरसम्म मात्र दूध सङ्कलन गरिरहेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरिया सहकारीमा दूध खपत घटेकाले सहकारीले सङ्कलन कार्य समेत घटाएको बताउनुभयो । ‘‘यो समयमा दूध पुगाउन मुश्किल हुन्थ्यो, यस वर्ष मानिस खान चाहेर पनि किन्न आउन डराउन थालेका छन्’’, उहाँले भन्नुभयो, ‘‘आधा व्यापार घटेको छ ।’’ सहकारीलाई बन्दाबन्दी हुनुअघि १३० लिटरसम्म दूध सङ्कलन गरेर पनि ग्राहकलाई पु¥याउन धौ–धौ हुने गरेको सहकारीलाई अहिले ७० लिटर दूध बिक्री गर्न पनि कठिन भएको छ । 

गाउँका किसानबाट दूध सङ्कलन गरी बजारमा बेच्दै आउनु भएका टीकापुर–३ चौतारा टोलका कलम विकले लकडाउनअघि दैनिक ८० लिटर दूध बजारमा बिक्री गर्दै आउनु भएको थियो । हाल उहाँले पनि आधा दूध मात्र खपत भइरहेको बताउनुभयो । ‘‘हाल दूध बिक्री घटेको छ । नागरिक दूध किन्दा पनि सङ्क्रमण हुन्छ कि भनेर डराउन थालेका छन्, अझ बजारमा घरभाडामा बस्नेहरु अधिकांश गाउँ फर्किएका छन्’’, विकले भन्नुभयो, ‘‘त्यसैले मैले पनि गाउँबाट ३० देखि ४० लिटरसम्म दूध खरिद गर्ने गरेको छु ।’’

सहकारी र सङ्कलकले दूध लिन छोडेपछि भैँसीपालक किसान मर्कामा परेका हुन् । घरमा पालेका भैँसीको दूध बेचेर घर खर्च चलाइरहेका किसानलाई दूध बिक्री हुन छोडेपछि समस्या भएको हो । भैँसीपालक किसान खेमा विकको घर दूध बेचेरै चल्छ । हाल दूध खपत नभएपछि खेमालाई तनाब भएको छ । ‘‘हाल दूध खपत घटेको छ । दूध बिक्री नभए घरका लागि चाहिने अन्नपात जोहो कसरी गर्नु रु’’, खेमाले भन्नुभयो, ‘‘रोगव्याधी, महामारी विपत्ती जे आउँदा पनि मर्का हामी गरीब किसानलाई हुने गर्दछ ।’’