१ आश्विन २०८३, बिहीबार
,
Latest
डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि र सीडीओबीच विवाद, जनप्रतिनिधि भन्छन्- निषेधाज्ञा लगाउनेबाहेक केही गरेनन्



अ+ अ-

सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ ।

जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरूले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको हो ।

जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ ।

समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधानतर्फ कुनै पहल नभएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट कोरोना सङ्क्रमणतर्फ कुनै पहल नभएपछि  लालबन्दी, हरिवन, बागमती र ईश्वरपुर नगरपालिका महामारीलाई रोक्न आफैँ व्यवस्थापनमा जुटेका छन् । लालबन्दीले २० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल बनाएको छ भने हरिवनले १०० शय्याको अस्थायी कोरोना अस्पताल बनाएको छ ।

‘यो महामारीमा अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती छ,’ प्रजिअ तामाङ्ले भने ।

यस्तै लालबन्दी नगरपालिका-९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको २० शय्याको अस्थायी कोरोना अस्पताल, हरिवन नगरपालिकाले १०० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल निर्माण गरिसकेको छ ।

जिल्लाका केही स्थानीय निकायहरूले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।