• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय, राजीनामा दिनु पर्दैन– गठबन्धन



काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो । उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।’

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएका अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।