• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   यस टापुमा १.६० लाख मानिसलाई जिउँदै जलाइएको थियो ! ★   पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते ★   उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट ★   आव २०८०/८१ समीक्षा: आय ७४ र व्यय ८० प्रतिशत ★   सिमलताल दुर्घटना: भारतीय सीमावर्ती जिल्लामा समन्वय ★   एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल ★   च्याम्पियन्स ट्रफी खेल्ने वार्नरको प्रस्ताव अस्ट्रेलिया बोर्डद्वारा अस्विकार ! ★   अभिनेत्री रकुल प्रीतका भाइ लागुऔषध मुद्दामा पक्राउ ★   कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन ★   सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ



कास्की । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिटको आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

समितिका अध्यक्षलाई हातपात गरेको भन्दै गाउँपालिकाका वडाध्यक्ष रामबहादुर गुरुङबिरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता गराएका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। भण्डारीको जाहेरीपछि वडाध्यक्ष गुरुङलाई बुधबार पक्राउ गरिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका गुरुङले समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै एमालेले वडा कार्यालयमा ताला लगाएको थियो। तर, जाहेरी दर्ता भएपछि एमालेले लगाएको ताला बुधबार नै खोलिएको प्रहरीले जनाएको छ।