२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी सात दलको बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौँ । सरकारमा सहभागी सात दलको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । समसामयिक विषयमा छलफल गर्नका लाग आज विहान बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रतिपक्षी दलले हिजोदेखि सुरु गरेको संसद अवरुद्धका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नागिरक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालगायतका नेता सहभागी हुनुहुन्छ ।