१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

कोशी प्रदेश : सरकार गठनको समय आज सकिँदै

कोशी प्रदेश : सरकार गठनको समय आज सकिँदै
अ अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सीमा आज सकिँदैछ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

यद्यपि नयाँ सरकार बनाउनका लागि आवश्यक बहुमत दुबै गठबन्धनमा पुग्दैन । प्रदेश सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ । हाल नेकपा (एमाले) र राप्रपा गठबन्धनसँग ४६ मत छ भने अर्को गठबन्धनसँग पनि ४६ मत नै छ । यद्यपि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भइ सभामुख बन्नुभएका बाबुराम गौतमलाई पनि जोडेर बहुमत पुर्याउने तयारी गरिएको छ । तर नेकपा (एमाले)ले भने त्यसो गरिए आफू विरोधमा उत्रने चेतावनी दिइसकेको छ ।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । राप्रपालाई सहमतिमा ल्याउने जिम्मेवारी पनि उहाँलाई नै दिइएको छ । राप्रपासँग प्रदेशसभामा छ सिट छ । राप्रपाले भने सरकार गठनमा सहयोग गर्ने वा नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन । राप्रपा यसअघि एमाले नेतृत्वको सरकारमा सहभागी थियो ।

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ ।

यदि आज कुनै पनि दलले बहुमत पुर्याउन नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको नेताका रुपमा हिक्मत कार्कीनै मुख्यमन्त्री बन्नुहुनेछ । तर उहाँले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।