२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दिल्लीको लकडाउनलाई खुकुलो पारिँदै

दिल्लीको लकडाउनलाई खुकुलो पारिँदै
अ अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन खुकुलो हुने भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार राज्यभर लगाइएको लकडाउन खुकुलो पार्दै आर्थिक गतिविधि पनि सुरु गरिने घोषणा गरेका हुन् ।

केजरीवाललले दिल्लीमा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको बताउँदै दिल्लीका मानिसहरुले लकडाउनमा पालना गरेको नियमको नतिजा अहिले देखिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘हामीले एक महिनाभित्रमा कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरुले नियन्त्रणमा लिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणदर साढे एक प्रतिशत देखिएको छ । नयाा संक्रमितको संख्या ११ सय छ । अस्पतालमा पनि बेडको अभाव छैन । सबैतिर बेड खाली छन् ।’

केजरीवालले आगामी दिनमा कोरोना संक्रमण पुनः बढेको अवस्थामा लकडाउन खोल्नुको विकल्प बाँकी नरहने बताएका छन् ।

दिल्लीमा गत अप्रिल १९ देखि लकडाउन जारी छ ।