१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता राजेन्द्र र लिलबहादुरको जोडी च्याम्पियन



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएका छन् ।

एमाले नेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लिलबहादुरको जोडी च्याम्पियन भएका हुन् । ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१–१७ र २१–१९ ले हराउँदै उपाधि उचाले ।

उक्त प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए । बुधवार नै भएको सेमिफाइनलमा थापा दाजु भाइको जोडी राई र थापाको जोडीसँग २१–१६ र २१–१७ ले पराजित भए थिए । अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६ र २१–७ ले हराए ।

प्रतियोगिताको विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतको पुरस्कार वितरण गर्नुभएको थियो । महासंघले संविधान सभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो । उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल खेलकुद महासंघले राजनीतिककर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनस्यलाई खेलकुदको माध्ययमबाट कम गर्ने उद्देश्यअनुरूप उनीहरूबीच भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।