६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता राजेन्द्र र लिलबहादुरको जोडी च्याम्पियन



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएका छन् ।

एमाले नेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लिलबहादुरको जोडी च्याम्पियन भएका हुन् । ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१–१७ र २१–१९ ले हराउँदै उपाधि उचाले ।

उक्त प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए । बुधवार नै भएको सेमिफाइनलमा थापा दाजु भाइको जोडी राई र थापाको जोडीसँग २१–१६ र २१–१७ ले पराजित भए थिए । अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६ र २१–७ ले हराए ।

प्रतियोगिताको विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतको पुरस्कार वितरण गर्नुभएको थियो । महासंघले संविधान सभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो । उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल खेलकुद महासंघले राजनीतिककर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनस्यलाई खेलकुदको माध्ययमबाट कम गर्ने उद्देश्यअनुरूप उनीहरूबीच भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।