१ आश्विन २०८३, बिहीबार
,
Latest
श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान कुशलको शतकमा बंगलादेशसामु श्रीलंकाले दियो २८७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

ओपनर तथा कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले सो लक्ष्य प्रस्तुत गरेको हो । 

ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनायो ।

श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक १ सय २० रनको शतकीय पारी खेले । कुशलको यो ओडिआई करिअरको छैटौं शतक रहेको छ । उनले ९९ बलमा शतक पूरा गरेका थिए ।

ओपनर कुशल र दनुष्का गुनाथिलका ११.२ ओभरमा ८२ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाएका थिए ।

धनञ्जय ७० बलमा ४ चौका सहित ५५ रनमा अविजित रहे । डेब्यु खेल खेलेका रमेश मेन्डिस ६ बलमा १ छक्का सहित ८ रनमा अविजित रहे ।

बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमदले ९ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । शरिफुल इस्लामले १ विकेट लिए ।