• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

राप्रपा नेपालले राजसंस्थाको बिषयमा लिएको नीतिमा पुनर्बिचार गर्छ: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको बिषयमा लिएको नीतिमा पुनर्बिचार गर्ने बताएका छन् ।

मुलुकको भूराजनितिक अबस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आबश्यकता रहेको हुदाहुदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अबस्थामा केन्द्रिय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको बिषयमा लिईराखेको नीतिमा पुनर्बिचार गरिने थापाले स्पष्ट पारे ।

आज पार्टी आवद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस कम्युनिस्ट प्रती जनताको चरम बितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अबस्थामा २०८४ को निर्बाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भबिस्यबाणी गरे । थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनबर्गिय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए । भ्रष्टाचार , बेरोजगारी , धर्मपरिबर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापुर्बक उभिन समेत आग्रह गरे ।

राप्रपा नेपाल असल बिचार , निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली बैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता ब्यक्त गरे । कार्यक्रममा जनबर्गिय संगठनका प्रमुखहरुले कार्ययोजना सहित भाबी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजारम बर्तौलाले जानकारी दिए ।