१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले राजसंस्थाको बिषयमा लिएको नीतिमा पुनर्बिचार गर्छ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको बिषयमा लिएको नीतिमा पुनर्बिचार गर्ने बताएका छन् ।

मुलुकको भूराजनितिक अबस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आबश्यकता रहेको हुदाहुदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अबस्थामा केन्द्रिय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको बिषयमा लिईराखेको नीतिमा पुनर्बिचार गरिने थापाले स्पष्ट पारे ।

आज पार्टी आवद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस कम्युनिस्ट प्रती जनताको चरम बितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अबस्थामा २०८४ को निर्बाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भबिस्यबाणी गरे । थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनबर्गिय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए । भ्रष्टाचार , बेरोजगारी , धर्मपरिबर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापुर्बक उभिन समेत आग्रह गरे ।

राप्रपा नेपाल असल बिचार , निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली बैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता ब्यक्त गरे । कार्यक्रममा जनबर्गिय संगठनका प्रमुखहरुले कार्ययोजना सहित भाबी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजारम बर्तौलाले जानकारी दिए ।