१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्विकार्य हुन्नः देवेन्द्र दाहाल

एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नु भएको हो ।

उहाँले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राख्नु भयो । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहो-याउनु भयो ।

उहाँले भन्नु भयो, ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसेको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नु भएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो । एउटा भारतीय नागरिक, यहाँ ब्यापार, बिजनेश गर्ने हिसावले बसेको नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ । र, भारतमा गएर दिल्लीमा पनि नेताहरुसँग समन्वय गर्छ । र, प्रधानमन्त्री बनाउँछ । यो हाम्रो देशका लागि शीर निहुँ-याउने विषय भएको छ । र, उहाँ स्वयम्ले यो कुरा अभिव्यक्त गर्दाखेरी हामी लज्जित भएका छौं । हामीलाई लज्जाबोध भएको छ । हामी कुन देशका नागरिक हौं ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा खेरी यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ? भन्ने कुरा आम नेपाली जनतालाई एउटा कौतुहलतापूर्वक यो कुरा सोचिरहेको छ ।

त्यसले गर्दा हाम्रो पार्टी नेकपा एमालेले यसलाई गम्भिर रुपमा लिएको छ । र, यसरी भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्विकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ । उहाँले राजीनामा दिनु पर्छ । उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन । हक छैन । जव उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्विकार्य छैन । किनभने एउटा प्रक्रियाबाट प्रधानमन्त्री बन्छ । यो देशको नियम, कानुन अनुसार प्रधानमन्त्री बन्छ यसो हेर्दाखेरी । तर, के देखियो भने उहाँ त यो त देखाउने कुरा मात्रै रहेछ । यहाँ गणितको कुरा त देखाउने कुरा मात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनु पर्छ । र, मार्ग प्रशस्त गर्नुं पर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्विकार्य छैन । त्यसैले गर्दाखेरी प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं । र, यो बैठक संचालन गर्न दिँदैनौं । एमाले यो दृष्टिकोण राख्न चाहन्छु ।’

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनु भयो । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।