१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनस्थित ल्होत्से हलमा बैठक केहीबेरअघि सुरु भएको एमाले संसदीय दलका सचेतक महेस बर्तौलाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो विवादास्पद अभिव्यक्तिको संसदमा विरोध गर्ने निर्णय गर्न एमालेले संसदीय दलको बैठक डाकेको हो ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो तीन बजे बस्दैछ ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रितम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको थियो ।