१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब लागे लिभरपुलका फिर्मिनो



अ+ अ-

एजेन्सी । ब्राजिलिय फरवार्ड रोबर्टो फिर्मिनो इंग्लिस क्लब लिभरपुल छोडेर साउदी प्रो लिग क्लब अल–अहलीमा आवद्ध भएका छन् । गत सिजनको अन्त्यमा लिभरपुलसँगको सम्झौता सकिएपछि फ्री एजेन्ट रहेका उनी तीन वर्षको सम्झौतामा अल–अहलीमा गएका हुन् ।

३१ वर्षीय फर्मिनोले लिभरपुलबाट सबै फम्र्याटका ३६२ खेलमा १११ गोल गरेका थिए ।उनी यस सिजन साउदी क्लबहरूले हस्ताक्षर गरेका मध्येका एक चर्चित खेलाडी हुन् । गत साता चेल्सी छोडेका सेनेगलका गोलकिपर एडुआर्ड मेन्डी पनि अल–अहलीमा आवद्ध भएका थिए।

यस्तै, एनगोलो कान्टे र कोउलिबालीले पनि चेल्सी छोडेर साउदी अरब गएका छन् । त्यसअघि करिम बेन्जेमा, रुबेन नेभेस र मार्सेलो ब्रोजोभिकजस्ता स्टार खेलाडी पनि व्यवसायिक फुटबल खेल्न साउदी गइसकेका छन् ।