२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब लागे लिभरपुलका फिर्मिनो



अ+ अ-

एजेन्सी । ब्राजिलिय फरवार्ड रोबर्टो फिर्मिनो इंग्लिस क्लब लिभरपुल छोडेर साउदी प्रो लिग क्लब अल–अहलीमा आवद्ध भएका छन् । गत सिजनको अन्त्यमा लिभरपुलसँगको सम्झौता सकिएपछि फ्री एजेन्ट रहेका उनी तीन वर्षको सम्झौतामा अल–अहलीमा गएका हुन् ।

३१ वर्षीय फर्मिनोले लिभरपुलबाट सबै फम्र्याटका ३६२ खेलमा १११ गोल गरेका थिए ।उनी यस सिजन साउदी क्लबहरूले हस्ताक्षर गरेका मध्येका एक चर्चित खेलाडी हुन् । गत साता चेल्सी छोडेका सेनेगलका गोलकिपर एडुआर्ड मेन्डी पनि अल–अहलीमा आवद्ध भएका थिए।

यस्तै, एनगोलो कान्टे र कोउलिबालीले पनि चेल्सी छोडेर साउदी अरब गएका छन् । त्यसअघि करिम बेन्जेमा, रुबेन नेभेस र मार्सेलो ब्रोजोभिकजस्ता स्टार खेलाडी पनि व्यवसायिक फुटबल खेल्न साउदी गइसकेका छन् ।