१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति: नदेखिने विषयमा उहाँले के गर्नुभयो त्यो थाहा भएन: कांग्रेस प्रवक्ता विश्वकर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अशोभनीय भएको जनाएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले न्युजपोलारसँग भन्नुभयो, “देखिने गरेर नेपालको संसद् र सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो, नदेखिने विषयमा उहाँले कहाँ कहाँ के गर्नुभयो त्यो थाहा भएन ।”

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधामनमन्त्री बनाउन प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

विश्वकर्माले भन्नुभयो, “उहाँलाई गठबन्धनले प्रधानमन्त्री बनाएको हो तर प्रधानमन्त्रीको पद सुहाँउदो अभिव्यक्ति भएन । यो विषयमा उहाँले स्पष्ट पार्नुपर्छ ।”