२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति संसद् र संविधानमाथिको अपमान– एमाले



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधामनमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्तिप्रति प्रमु्ख प्रतिपक्ष दल नेकपा एमालले ले कडा आपत्ति जनाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, संसद् र संविधानमाथिको अपमान हो । उहाँले मुलुकको सार्वभौम सत्ता र सार्वभौमिकतामाथि पनि अपमान गर्नुभयो, यो विषयलाई एमालले गम्भीरताका साथ अगाडि बढाउँछ ।”

यही विषयमा छलफल गर्न दिउसो १ः३० बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।