२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रबलीकरणबाट २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रूपान्तरण

प्रबलीकरणबाट २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रूपान्तरण
अ अ+ अ-

काठमाडौं । ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरण लाभग्राही सूचीमा सूचीकृत भएका २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रूपान्तरण भएका छन् ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थ मन्त्रालयमा सार्वजनिक गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा ६५ हजार २३१ प्रबलीकरण लाभग्राहीमध्ये गत फागुन मसान्तसम्म ५३ हजार १२७ ले पहिलो किस्तावापत्को रु ५० हजार लिएको उल्लेख छ । प्रबलीकरण सम्पन्न गरी दोस्रो किस्ताको थप रु ५० हजार लिने लाभग्राही ४१५ मात्र रहेका छन् ।

निजी आवास प्रबलीकरणका लागि दुई किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ । फागुन मसान्तसम्म आठ लाख ५५ हजार १६६ भूकम्प पीडित लाभग्राहीको पहिचान भएको छ । कुल लाभग्राहीमध्ये ९४.८ प्रतिशतसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गरेकामध्ये ९९.७ प्रतिशतले पहिलो किस्ता लिएका छन् । त्यस्तै ८५.९ प्रतिशतले दोस्रो किस्ता र ७८.५ प्रतिशतले तेस्रो किस्ता लिएका छन् । आर्थिक सर्वेक्षणमा ७३.१ प्रतिशतले घर निर्माण सम्पन्न गरेको उल्लेख छ ।

 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले निजी आवास क्षतिग्रस्त भई लाभग्राही सूचीमा सूचीकृत भएका भूकम्प पीडितलाई तीन किस्तामा गरी रु तीन लाख अनुदान दिने कार्यविधि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिइन्छ । चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । रासस