• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

यी जिल्ला भइ बग्ने नदीमा पानीको बहाव बढ्नसक्ने 



काठमाडौँ । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ । त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला भइ बग्ने नदीमा पानीको बहाव बढ्नसक्ने अनुमान गरेको छ । महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान छ ।

साथै रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने केही साना नदीहरुमा बहाव बढ्ने सक्ने पूर्वानुमान पनि महाशाखाको छ ।

महाशाखाका अनुसार आज विहानैदेखि राजविराज विमानस्थल आसपासमा तीव्र वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा उक्त क्षेत्र आसपासमा १६८.६ मिलिमिटर वर्षा भएको छ ।