• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

राप्रपाले प्रदेश संयोजक तोक्यो



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उनले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् ।

उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेलले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्यसम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ ।