१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनलाई बालेनको प्रश्न: कांग्रेसका सबै भातृसंगठन खारेज गरेको हो ?



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई महानगरभित्र नेपाली कांग्रेसको भातृसंगठन नभएको घोषणा गर्न चुनौति दिनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत मेयर साहले बोलेको कुरा पुरा गर्नुस माननीयज्यू भन्दै स्मरण गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

माननीय गगन थापाज्यू , दलको हिजो एक कार्यक्रममा,झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो , नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यालय , सबै तिर काङ्ग्रेस पार्टीको कुनै पनि भातृ सगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा , पुरा गर्नुहोला माननीय ज्यू ।

थापाले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो ।