१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: संगठित अपराधमा पनि अनुसन्धान अघि बढाईयो



अ+ अ-

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि प्रहरीले संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।

सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको आरोेपमा प्रहरीले ९ जना विरुद्ध संगठित अपराधको कसूरमा म्याद थप गरि अनुसन्धान अघि बढाएको हो ।

जिल्ला अदालत काठमाडौंले संगठित अपराधको कसूरमा अनुसन्धान गर्न सीआईबीलाई ७ दिन को म्याद दिएको छ ।

पक्राउ परेर म्याद थप गरेकाहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्कीलगायतका ९ जना छन् ।