२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जयप्रकाश मल्लको अराजकता: काशीराम थापासमेत आठ उच्च सैनिकको हत्या !

जयप्रकाश मल्लको अराजकता: काशीराम थापासमेत आठ उच्च सैनिकको हत्या !
अ अ+ अ-

नाम: काशीराम थापा, कृष्ण बस्नेत, भिख्वाल, केशब बस्नेत, रंगवीर बस्नेत र हरि कार्की समेत
पद:  उमराव (सेनानायक) र अन्य सैनिक पदहरु 
योगदान: सैनिक सेवा, युद्ध सेवा
जन्मस्थान:  काभ्रेपलान्चोक, तत्कालीन कान्तिपुर राज्य
प्राणदण्ड दिइएको मिति:  बि.सं. १८०३ साउन/भदौ
अभियोग:  देशद्रोह

काशीराम थापा तत्कालीन काभ्रे र सिन्धुपाल्चोकबीच सिपा क्षेत्रमा बसोबास गर्दै आएका बगाले थापा थिए । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लका बाबु, कान्तिपुरका राजा जगज्जय मल्लले काशीराम थापालाई सेनानायक तथा ‘उमराव’ पदमा नियुक्त गरेर नुवाकोटको तैनाथी दिएका थिए । यिनी कान्तिपुरका अनुभवि, योग्य र कुशल सैन्य सङ्गठक थिए । कान्तिपुर दरबारभित्रको आन्तरिक षडयन्त्र र मल्ल राजाहरुबीचको बेमेलका कारण थापाको दक्षता र क्षमताले खास अर्थ राख्न सकिरहेको थिएन । 

गोरखाका राजा नरभूपाल शाहको पालामा गोरखाले गरेको नुवाकोट आक्रमणमा गोरखा पराजित भएपछि गोरखा छाडेर काजी जयन्त राना नुवाकोटको वेलकोटमा आई बसोबास गर्न थालेका थिए । कान्तिपुरका राजा जगज्जय मल्लको मृत्युपछि बि.सं. १७९१ मा कान्तिपुरका राजा भएका जयप्रकाश मल्लले केही समयपछि नुवाकोट तैनाथीबाट काशीराम थापालाई हटाएर जयन्त रानालाई उमराव पद दिई नुवाकोटको तैनाथी दिएका थिए ।

नुवाकोटबाट हटाईएपछि थापा काभ्रे र सिन्धुको सीमा नजिकको सिपा नजिकको गाउ“ं (हाल सिन्धुपाल्चोक जिल्ला) मा गई बसोवास गर्न थालेका थिए । उपत्यकामा नेवारहरुको बाहुल्य भएकाले खस क्षेत्री काशीराम थापा उपत्यका बाहिरै बसोबास गर्दथे । बि.सं. १८०१ साल असोजमा गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर अधीनको नुवाकोट कव्जा गरी त्यहां“को तैनाथ लिएका उमराव जयन्त राना तथा छोरा शंखमणी रानाको हत्या गरेपछि बि.सं. १८०२ फागुनमा कान्तिपुरका राजा जयप्रकार मल्लले उमराव काशीराम थापालाई नुवाकोटमाथि आक्रमण गरी फिर्ता गराउने जिम्मेवारी दिएका थिए । सोही अनुरुप यिनले आफ्नै इलाकातिरका खष क्षत्री युवाहरुको एक सैनिक टोली बनाई तयारी गरी बि.सं. १८०२ साल चैतमा नुवाकोट आक्रमण गर्न गए । गोरखाको कव्जाबाट नुवाकोट फिर्ता गर्न सके काशीराम थापालाइ कान्तिपुर राज्यको सेनापति बनाइदिने आश्वासन राजा जयप्रकाश मल्लले दिएका थिए ।

यतिन्जेल गोर्खालीले नुवाकोटमा आफ्नो स्थिति मजबुत बनाई सकेका थिए । अनुभवि, बहादुर र कुशल सेना नायकहरुको बर्चश्व रहेको गोर्खाली सेनाका सामु घरघरबाट झारा उठाइएका सैनिकहरु टीक्न सकेनन् । फलतः उमराव काशीराम थापाको फौज गोरखालीस“ंगको युद्धमा पराजित भयो । पराजयपछि काशीराम थापा राजधानी काठमाडौंमा राजा जयप्रकाश मल्ललाई नभेटी आफ्नै घर सीपामा गई बसोबास गर्नथाले । 

गोर्खाली सेनासंग नुवाकोटमा हारेपछि काशीराम थापा काठमाडौंमा राजा जयप्रकाश मल्ललाई नभेटी सिधै आफ्ना गाउं“मै बसोबास गर्न थालेबाट जयप्रकाश मल्लले थापामाथि शंका गरे । राजाले धेरै पटक बोलाउन पठाउदा पनि उनी काठमाडौं आएनन् । जयप्रकाश मल्लले सुकुल मास्के लगायतका सेनापति र भारदारमाथि अनाहकमा दिइएको प्राणदण्डबाट सबै भारदार त्रस्त थिए । राजा जयप्रकाश मल्लको उग्र र कडा स्वभावबाट परिचित थापाले पराजयको पीडामा राजालाई भेट्ने हिम्मत गरेनन् । फलतः राजा यिनीसंग रिसाए । 

इतिहास शिरोमणी बाबुराम आचार्यका अनुसार राजाले यिनलाई भेटन आउने समाचार पठाउदां“ राजाका दुतलाई यिनले बरु फेरी नुवाकोट हान्न जानुपरे जान्छु तर राजधानी काठमाडौं त आउंदिन  भनी जवाफ पठाएका थिए । थापाको यस्तो जवाफपछि राजाले यिनलाई सिध्याउने विचार गरेर काशीरामलाइ झिकाउन दुत पठाए । वर्षाको मौसम भएकाले काशीराम थापा वर्षा सकिएपछि आवश्यक तयारी गरी हिउदमा पुनः नुवाकोट आक्रमण गर्ने सल्लाह गर्ने, बि.सं.१८०३ को साउन भदौमा पर्ने जनै पूर्णिमाको दिन पशुपतिनाथको दर्शन पनि गर्ने र राजा जयप्रकाश मल्ललाई पनि भेटेर आफ्नो कुरा राख्ने उद्धेश्यले काठमाडौं आएका थिए । काशीराम थापा भित्रभित्रै नुवाकोट आक्रमणको तयारी पनि गर्दै थिए ।

तर उनका बिरोधिहरुले राजालाई बिपरीत कुरा लगाए । काशीराम थापा पशुपतिनाथको मन्दिर नजिकै रहेको समाचार पाएर राजा जयप्रकाश मल्लले आफ्ना बिश्वासिला सैनिकसहित चावहिलमा बसेर थापालाई लिन पठाए । काशीराम थापा राजालाई कोशेलीसहित दर्शनका लागि आफ्ना ६ देखि आठ जना बिश्वासिला मानिससहित पशुपतिनाथ मन्दिरतर्फबाट चावहिलको उकालो जादैं गर्दा बाटोमा नै जयप्रकाश मल्लका सैनिकद्धारा काटीए ।

गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो आत्मकहानीमा कान्तिपुरका राजा जयप्रकाश मल्लले उमराव काशीराम थापासहित ८ जना होनहार भारदारलाई अनाहकमा काट्न लगाएको उल्लेख गरेका छन् । ‘जनैपूर्णिमाको दिन सीपाबाट आफ्नो सम्धी कृष्ण बस्नेत, भिख्वाल, आफ्ना समर्थक केशब बस्नेत, रंगवीर बस्नेत, हरि कार्की सहितको टोली घिउ, केरा, आंप, कटहर लगायतको कोशेली बोकाएर भरियासहित राजा जयप्रकाश मल्ललाई भेट्न गौरीघाटबाट चावहिलको उकालो चढ्दै गर्दा जयप्रकाश मल्लका मदिसे सैनिकद्धारा जयप्रकाश मल्लले बिना कारण काट्ने आदेश दिएका थिए । बिचरा भारदारहरुले अनाहकमा ज्यान गुमाए ।’ 

इतिहास शिरोमणी बाबुराम आचार्यद्धारा लिखित नेपालको संक्षिप्त इतिहास तथा राजा पृथ्वीनारायण शाहको आत्म कहानीमा उल्लेख भए अनुसार राजा जयप्रकाश मल्लले काशीराम थापा शत्रु राजा पृथ्वीनारायण शाहसंग मिलेको आशंकामा मार्न लगाएका हुन् । ती पुस्तकका अनुसार काशीराम थापाका प्रतिष्पर्धि कान्तिपुरका रणभीम थापाले राजा जयप्रकाश मल्ललाई काशीराम थापा गोरखासंग मिलेको छ भनी कुरा लगाएर काशीराम थापालाई पन्छाउन चाहन्थे ।

उता राजा जयप्रकाश मल्लद्धारा नुवाकोटमा धपाईएका उनका भाई अनन्त मल्ललाई राजा पृथ्वीनारायण शाहले गुप्तरुपमा सर्दार पद दिएर कान्तिपुरका गोप्य कुरा बुझ्न र कान्तिपुरका भारदार तथा राजाबीच बैमनष्यता उत्पन्न गराई कमजोर तुल्याउन प्रयोग गरिरहेका थिए । उनीहरु दुबैले राजा जयप्रकाश मल्ललाई काशीराम थापाबिरुद्ध उचालीरहेका थिए । फलतः जयप्रकाश मल्लको आवेगमा सच्चा भारदार तथा सैन्य सङ्गठक काशीराम थापा मारिए ।

काशीराम थापाको हत्यापछि उनका भाई पर्शुराम थापालाई गुप्तरुपमा राजा पृथ्वीनारायण शाहले भेटेर जयप्रकाश मल्लसंग दाजुको हत्याको बदला लिन तथा आफुलाई सहयोग गर्न आग्रह गरे । शाहकै योजना अनुरुप पर्शुराम थापाले भक्तपुरका राजा रणजित मल्लको सेनामा सेनापतिका रुपमा काम गर्नथाले । यता योग्य सेनापतिको अभावमा र आफ्नो शंकालु प्रवृत्तिका कारण कान्तिपुरका राजा जयप्रकाश मल्ल आफैंले युद्ध संचालनको भूमिका निर्वाह गर्न थालेका थिए । 

काशीराम थापाको हत्या सम्बन्धमा इतिहासकारहरुको फरक टीप्पणी र चर्चा पाइन्छ । इतिहासकार तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले इतिहास शिरोमणी बाबुराम आचार्यको बिश्लेषणबिपरीत प्रशासनीक दृष्टिकोणबाट काशीराम थापालाई दिइएको दण्ड औचित्यपूर्ण थियो भनी टीप्पणी गरेका छन् । काशीराम थापासंग राजा जयप्रकाश मल्ल रिसाउनुमा राजगद्दीको उत्तराधिकारीबारेको पुरानो विवाद पनि थियो । राजा जयप्रकाश मल्लका पिता जगज्जय मल्लको मृत्युपछि जयप्रकाश मल्ल वा उनका भाई नरेन्द्रप्रकाश मल्ल राजा हुने ? भन्ने बारेमा विवाद हुंदा काशीराम थापा नरेन्द्रप्रकाश मल्लको पक्षमा खुलेर लागेका थिए । जयप्रकाश मल्ल यसर्थ पनि काशीराम थापादेखि असन्तुष्ट थिए ।  

तत्कालीन अवस्थामा कान्तिपुर राज्य क्रमशः पतन उन्मुख थियो । राजा जयप्रकाश मल्ल तनावमा थिए । उनी आफ्ना बिस्वासिहरु बिस्तारै गुमाइरहेका थिए । युद्धमा बिजय वा पराजय जे भएपनि राजालाई घटनाको जानकारी गराउनु सैनिक दृष्टिकोणबाट थापाको कर्तव्य थियो, सो कार्य नगर्नु उमराव काशीराम थापाको भुल थियो । घटनाक्रमलाई नियाल्दा राजा जयप्रकाश मल्लको कडा र शंकास्पद स्वाभावबाट डराएर काशीराम थापा उनलाई भेटन् नगएको बुझ्न सकिन्छ । तत्कालीन समयमा राजाहरुले आफुलाई शंका लागेका जनता वा सैनिकलाई राज्यद्रोहको आरोपमा मृत्युदण्ड दिनुलाई सामान्य मानिन्थ्यो ।

तत्कालीन कान्तिपुर राज्यमा स्थायी कानुन थिएन, राजाको आदेश नै कानुन हुन्थे । बलियो र तालिम तथा हतियारले सम्पन्न, देशहितमा आफुलाई बलिदानी गर्न तत्पर सैन्य सङ्गठन थिएन । जंगी स्वाभावका र कडा मिजासका राजाप्रति सैनिक र जनता त्रसित थिए । जनताप्रति राजाको दायित्वलाई मनन गर्न, राज्यका कमी कमजोरीलाई सुधार गर्न एवं सैनिकको मनोबल बढाउनुको सट्टा मृत्युदण्ड दिएर राजा जयप्रकाश मल्लले आपूmलाई झनै जनताबाट अलग र कमजोर तुल्याउंदै गएका थिए ।

काशीराम थापा समान त्यतिबेला कान्तिपुर राज्यमा अर्काे कुशल सैन्य सङ्गठक देखिन्न । राजा जयप्रकाश मल्ल एकातिर आफुतर्फ अनुभवि, बिस्वासि र साहसी सेनानायकको अभाव र अर्कातिर बढ्दो गोर्खाली सेनाको प्रभावबाट दबाबमा थिए । काशीराम थापाको नुवाकोटमा गोर्खालीसंग पराजय भएपछि तत्कालै जयप्रकाश मल्ललाई भेटेर आफ्नो कमजोरी र राज्यको, आफ्नो सेनाको यथार्थ अवस्था बताएको भए राजाले उनलाइ पुनः राज्यको महत्वपूर्ण जिम्मेवारी दिन पनि सक्दथे । उपत्यका सुगमस्थल भएको र कान्तिपुर अन्तर्गतको सीपा तुलनात्मक रुपमा दुर्गम र पहाडी स्थल भएकाले सो पहाडी स्थल सैन्य सङ्गठनका लागि उर्वर हुन्थ्यो । काशीराम थापा यदि पृथ्वीनारायण शाहसं“ग मिलेको अवस्थामा जयप्रकाश मल्ललाई तत्कालै अप्ठेरो पर्न सक्दथ्यो । 

तसर्थ : त्यसप्रकारको अवस्थामा जयप्रकाश मल्लले मृत्युदण्ड नै समस्याको समाधान होइन भनी आफ्नो आवेशलाई रोक्न नसक्नु, देशको रक्षाका खातिर आफुलाई बलिदानी गर्न तयार भारदारलाई बिश्वासमा लिएर अघि बढ्न एवं गोर्खाली राजाका अभियान र कुटनीतिलाई चुनौति दिन र बुझ्न नसक्नु, काशीराम थापाले आफ्नो सैनिक कर्तव्यलाई पालन नगर्नु नै थापा समेतका आठ सैनिकको हत्याको कारण बन्नपुग्यो । जसका कारण अवसरको प्रतीक्षामा रहेको गोर्खालीका लागि वातावरण अनुकुल बन्दै गयो । साथै यहि र यस्तै घटना जयप्रकाश मल्लको अन्तको कारण बन्यो । 

लेखकको पुस्तक:
ती सैनिक 
मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपालका सैनिक, काठमाण्डौ : शारदादेवी खड्का, २०७० बाट ।