६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन: सांसद डा. वाग्ले

चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन: सांसद डा. वाग्ले
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताउनुभएको हो ।

उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपन गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताउनु भयो। उहाँले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ । ९ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजश्व संकलन ३ अर्ब जति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपन गर्न नसकेको हो की ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ । त्यसमा जानकारी पायौं । असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनियतामा प्रश्न उठाउँ छ । अर्को १२ दिनमा के हुँदैछ । के आधारमा सरकारल लक्ष्य राख्यो ।’

उहाँले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताउनु भयो। उहाँले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भनेपनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गर्नुभयो। उहाँले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताउनु भयो ।