१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउनेगरी आएको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले आ.व. २०८०/८१ को बजेट मनमौजी तरिकाले आएको बताउनु भयो । उहाँले डडेल्धुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताउनु भयो । त्यस्तै बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताउनु भयो ।

राईले आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘बजेट विनियोजन मनमौजी छ । हाम्रो समाजमा एउटा मिथक छ, जसले हान्यो त्यसले जान्यो भन्ने । त्यो मिथकलाई सार्थक बनाउनेगरी यो बजेट आएको छ । डडेल्धुरा, नुवाकोट र गोरखामा ४५ प्रतिशत रकम विनियोजन भएको छ । बजेटले समन्यायिक विकासलाई आत्मसात गरेको छैन । त्यस्तै आदिवासी जनजातिहरुको सन्दर्भमा, क्षेत्रमा, यसले कुनै चासो देखाएको देखिँदैन । मुलुकमा रहेका ३५.८१ प्रतिशत जनतालाई बेवास्ता गर्छ भने यो बजेट कसरी समन्यायिक हुनसक्छ ? यो विनियोजन कसरी समन्यायिक हुनसक्छ ? त्यसैले यो बजेट साच्चै ठट्टा गर्न आएको छ ।’

उहाँले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरुलाई संरक्षण तथा संवद्र्धन गर्ने कुरामा पनि चासो नदेखाएको बताउनु भयो ।