२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday
Latest
मुस्ताङका महिलाले मनाए एक सय पन्ध्रौँ अन्तरराष्ट्रिय महिला दिवस चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ निस्ट कपमा टीआईए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन मणिमुकुन्द मुकुन्दलाई उपाधि उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडिः सभापति देउवा महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री लोकतन्त्रको नाममा राज्यका ढुकुटी सिध्याएर सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकायो : प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउनेगरी आएको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले आ.व. २०८०/८१ को बजेट मनमौजी तरिकाले आएको बताउनु भयो । उहाँले डडेल्धुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताउनु भयो । त्यस्तै बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताउनु भयो ।

राईले आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘बजेट विनियोजन मनमौजी छ । हाम्रो समाजमा एउटा मिथक छ, जसले हान्यो त्यसले जान्यो भन्ने । त्यो मिथकलाई सार्थक बनाउनेगरी यो बजेट आएको छ । डडेल्धुरा, नुवाकोट र गोरखामा ४५ प्रतिशत रकम विनियोजन भएको छ । बजेटले समन्यायिक विकासलाई आत्मसात गरेको छैन । त्यस्तै आदिवासी जनजातिहरुको सन्दर्भमा, क्षेत्रमा, यसले कुनै चासो देखाएको देखिँदैन । मुलुकमा रहेका ३५.८१ प्रतिशत जनतालाई बेवास्ता गर्छ भने यो बजेट कसरी समन्यायिक हुनसक्छ ? यो विनियोजन कसरी समन्यायिक हुनसक्छ ? त्यसैले यो बजेट साच्चै ठट्टा गर्न आएको छ ।’

उहाँले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरुलाई संरक्षण तथा संवद्र्धन गर्ने कुरामा पनि चासो नदेखाएको बताउनु भयो ।