१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो ।

बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गर्नुहुँदै उहाँहरुले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सोमबारको कार्यक्रममा प्रधानमन्त्रीले ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरैपटक दिल्ली जानुभएको छ’ भनेको विषय सार्वभौम मुलुकका लागि ठीक नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । रासस