५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो ।

बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गर्नुहुँदै उहाँहरुले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सोमबारको कार्यक्रममा प्रधानमन्त्रीले ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरैपटक दिल्ली जानुभएको छ’ भनेको विषय सार्वभौम मुलुकका लागि ठीक नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । रासस