२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजय देवगनले मुम्बईमा किने ४५ करोडको अफिस



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले मुम्बईको अंधेरी वेस्ट क्षेत्रमा नयाँ अफिस किनेका छन् । ५ युनिट अफिस भएको यस सम्पत्तिको मूल्य ४५ करोड रुपैयाँ रहेको बताइएको छ ।

मनी कन्ट्रोलको रिपोर्ट अनुसार ओशिवारास्थित सिग्नेचर बिल्डिङको १६ औं र १७ औं तल्लामा खरिद गरिएको यस कार्यालयको कुल स्थान १३ हजार २९३ वर्ग फुट छ । यद्यपी अजयले अहिलेसम्म यी रिपोर्टमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

अजयले यो सम्पत्ति आफ्नो मूल नाम विशाल वीरेन्द्र देवगनको नाममा दर्ता गराएका छन् । अभिनेताले यो अफिस युनिट किन्नुभन्दा पाँच दिनअघि उनकी श्रीमती तथा अभिनेत्री काजोलले १६.५ करोडको अपार्टमेन्ट किनेकी थिइन् । २,४९३ वर्ग फुटको कार्पेट क्षेत्र भएको यस अपार्टमेन्टमा ४ वटा कार पार्किङ स्थलहरू छन् ।

कामको कुरा गर्दा हालै अजयको फिल्म ‘भोला’ रिलिज भएको थियो । उनले हालै अभिषेक कपुरको अर्को फिल्मको सुटिङ सुरु गरेका छन् । जसमा उनका साथमा भतिजा अमन देवगन र रविना टण्डनकी छोरी राशि थडानी देखिनेछन् । यसबाहेक अजय फिल्म ‘मैदान’ को लागि सही रिलिज मिति खोजिरहेका छन् ।