• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा उत्रँदै नेपाल



फाईल फोटो

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि नेपालले पहिला ब्याटिङ गर्न भएको छ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भएको टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्लेअफमा युएईविरुद्ध टोलीमा रहेका आरिफ शेख र प्रतिश जि.सीलाई बेन्चमा राख्दै नेपालले कुशल मल्ल र किशोर महतोलाई मौका दिएको छ। किशोर नेपाली टोलीमा एक वर्षपछि फर्किएका हुन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ हार र १ जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो भने जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

उता आयरल्यान्ड पनि ४ खेलमा ३ हार र १ जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।