२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा उत्रँदै नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि नेपालले पहिला ब्याटिङ गर्न भएको छ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भएको टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्लेअफमा युएईविरुद्ध टोलीमा रहेका आरिफ शेख र प्रतिश जि.सीलाई बेन्चमा राख्दै नेपालले कुशल मल्ल र किशोर महतोलाई मौका दिएको छ। किशोर नेपाली टोलीमा एक वर्षपछि फर्किएका हुन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ हार र १ जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो भने जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

उता आयरल्यान्ड पनि ४ खेलमा ३ हार र १ जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।