• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

मलेसियालाई दुई सय २१ रनले हराउदै इस्ट जोन कपको उपाधि नेपाललाई



काठमाडौं । फाइनल खेलमा मलेसियालाई हराउदै नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियालाई दुई सय २१ रनको फराकिलो अन्तरले हराउदै नेपालले उपाधि हात पारेको हो ।

नेपालले दिएको २५३ रनको बिशाल लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुदै ३१ रनमा स्तब्ध हुन पुग्यो । मलेसियाका मोहम्मद अक्रमले सबैभन्दा बढि १० रन बनाए । मलेसियाका बाँकि अन्य कुनैपनि ब्याटरले नेपाली बलरको सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए भने सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए ।

यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाएका थिए भने नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।

नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए का थिए भने सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरेका दिएका थिए ।

मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए।