• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग ★   सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन: सचिव भट्टराई ★   कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा ★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’ ★   प्रभु बैँक लि.र आगन्तुक रिसोर्ट बीच विशेष छुट सम्झौता ★   तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द ★   मौसममा खराबी आएपछि वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिए

नर्सलाई बेलायत पठाउने तयारी सुरु



काठमाडौँ । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ ।

नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिेमेन्टेन्सन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबीच भएको सम्झौताअनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी गरेको जनाएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दुई देशबीच यसअघि भएको सम्झौताअनुसार नेपाली नर्स बेलायतमा पठाउने इम्प्लिमेन्टेसन प्रोटोकल पारित भएसँगै बेलायत पठाउने गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रोटोकलले ताकेअनुसार साउनको १० गतेभित्र बेलायतमा एक सय जना नर्स पठाउने गरी अनलाइनमार्फत आवेदन माग गरिनेछ ।

आकर्षक तलब र सुविधा रहेको प्रोटोकलमा बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ भने आइइएलटिएसमा न्यूनतम सात अंक अनिवार्य रुपमा ल्याएको हुनुपर्ने सर्त तोकिएको छ । त्यसैगरी दुई वर्षको कार्य अनुभव पनि प्रोटोकललमा अनिवार्य गरिएको छ ।

प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये संक्षिप्त सूची तयार गरेर अन्तरवार्तामार्फृत बेलायत जानका लागि छनोट गरिने भन्दै सहसचिव पोखरेलले भन्नुभयो, पहिलो चरणमा एक सय जना नर्स बेलायत जान पाउनेछन् ।

दुर्ई देशबीच भएको श्रमसम्झौता अनुसार नेपाल र बेलायतबीच परीक्षणका रुपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिेमेन्टेसन प्रोटोकलबारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । अब प्रोटोकलले तोकेको व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि अवसर पाउनेछन् ।

श्रम मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रियाबमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।