• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

नेपाल र आयरल्याण्ड भिड्दै



काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको सुपर सिक्समा पुग्न नसकेको नेपाली टोलीले आज सातौ स्थानका लागि टेस्ट राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्न लागेको हो । आज नेपाल टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

आजको खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफ्नो जादु देखाउने अपेक्षा गरिएको छ ।

नेपालले यसअघिको खेलमा यूएईलाई पराजित गरेको थियो । प्रतियोगितामा नवौँ र दशौँ स्थानका लागि बिहीबार यूएई र अमेरिका भिड्नेछन् ।