• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

जेठ ३१ यता मनसुनजन्य विपद्बाट १९ को मृत्यु, २५ बेपत्ता



फाईल फोटो

काठमाडौँ । यसवर्षको मनसुन सुरु भएसँगै मनसुनजन्य विपद्बाट हालसम्म १९ जनाको मृत्यु भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा गृहमन्त्रालयका अनुसार गत जेठ ३१ गतेदेखि असार १८ गतेसम्म विभिन्न जिल्लामा १९ को मृत्यु भएको छ भने २५ जना बेपत्ता र १० घाइते भएका छन् । साथै ७४ वटा घरमा पूर्णरुपमा र ११८ घरमा आंशिक क्षति पुगेको छ ।

भोजपुरमा बाढीका कारण एक जना र नुवाकोटमा पहिरोका कारण एक जनाको मृत्य भएको छ । संखुवासभामा बाढी र पहिोका कारण ३ जनाको मृत्यु, १९ बेपत्ता र ३ जना घाइते भएका छन् । साथै उक्त जिल्लामा १२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने सात घरमा आंशिक क्षति पुगेको छ ।

ताप्लेजुङमा परिहोका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता र ३ जना घाइते भएका छन् । उक्त स्थानमा ३२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ८९ घरमा आंशिक क्षति पुगेको छ ।

पाँचथरमा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । साथै एक जना घाइते भएका छन् । उक्त स्थानमा १९ घर पूर्र्णरुपमा र २१ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । अबिरल वर्षाका कारण इलाममा एक घरमा पूर्णरुपमा क्षति भएको छ ।

गोरखामा पहिरोमा परी एक जनाको ज्यान गएको छ । भने तनहुँमा पहिरोका कारण २ जनाको मृत्यु र एक जना घाइते भएका छन् । ओखलढुंगामा हालसम्म पहिरोमा परी चार जनाको मृत्यु भएको छ । उक्त स्थानमा ३ घर पूर्णरुपमा र एक घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिकार्य शाखाका अनुसार सिन्धुलीमा बाढीका कारण एउटा घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । साथै दैलेखमा २ र अछाममा एउटा घर पहिरो तथा अबिरल वर्षाले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । जुम्लामा बाढीका कारण एक जनाको ज्यान गएका छ ।

शाखाका अनुसार रुकुमपूर्वा, कास्कीमा एक एक घरमा पूर्णरुपमा क्षति पुगेको छ । अछाममा एक जना घाइते र  एउटा घरमा आंशिक क्षति पुगेको छ साथै रुपन्देहीमा पहिरोले एक जना घाइते भएका छन् ।