काठमाडौं । शनिबार बिहान व्यास नगरपालिका-१२ कमलाबारीमा ट्रक रग्यासको बुलेट ठोक्किँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । उक्त दुर्घटना ग्यासको बुलेटको ब्रेक फेल भएर भएको हो।
मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग्यासको बुलेट सोही दिशातर्फ जाँदै गरेको मकै बोकेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले बताउनुभयो। दुर्घटनामा मानवीय क्षति भने नभएको तिमिल्सिनाले बताउनुभयो ।
दुवै गाडीलाई पन्छाउन क्रेन बोलाइएको छ । राजमार्ग खुल्न केही समय लाग्ने पनि डीएसपी तिमिल्सिना जानकारी दिनुभयो।











