२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोकको समस्या टार्न ‘फुड बैङ्क’



अ+ अ-

धनगढी । कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो ।

महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैङ्क’ स्थापना गरिएको युवा धनश्याम बमले जानकारी दिनुभयो । अहिले ‘फुड बैङ्क’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उहाँले बताउनुभयो ।

दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैङ्क’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ । फुड बैङ्कमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ । रासस