६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएनएन हिरो अनुराधा कोइरालाद्वारा बेबिलोनकी छात्रालाई पुरस्कार वितरण



अ+ अ-

काठमाण्डौ । सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अमेरिकाबाट सन् २०१० मा ‘सिएनएन हिरो’ बाट सम्मानित हुनुभएकी माइती नेपाल संस्थाकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सोमबार शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।

म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले हालै आयोजना गरेको अन्तर विद्यालय अंग्रेजी भाषा वक्तृत्वकला प्रतियोगितामा पहिलो भएर पुरस्कृत भएकी बेबिलोन स्कुलकी ८ कक्षाका छात्रा काव्या ढकाललाई अध्यक्ष कोइरालाले ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

माफका सदस्य विद्यालयका १६ विद्यार्थीवीच भएको सो प्रतियोगितामा छात्रा काव्या पहिलो भएकी थिइ्न भने विद्यालयले पनि ट्रफि जितेको थियो ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई, बेबिलोन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्य, बेबिलोन स्कुलका प्राचार्य राजु राई, काठमाण्डौ महानगरपालिका वडा नं ३१ का अध्यक्ष सरोज ढकाल तथा पुरस्कृत छात्रा काव्याको बुबा राजिव दिप ढकालको उपस्थितिमा अध्यक्ष कोइरालाले छात्रा काव्यालाई ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको हो ।

नेपाल सरकारको मन्त्री तथा बागमती प्रदेशको प्रदेश प्रमुख समेत भईसक्नुभएकी समाजसेवी कोइरालाले पछिल्लो समय शिक्षाका कारण नेपाली महिलाहरु माथिल्लो दर्जासम्म पुगेको उल्लेख गर्दै महिलाहरु पढाईको साथै समाजको हरक्षेत्रमा समानान्तररुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

आफुले सञ्चालन गरेको संस्था माइती नेपालको स्थापनाकालदेखि हालसम्म भए गरेका कामबारे विद्यार्थीहरुलाई बताउँदै अहिले पनि माइती नेपालले नेपाल भारतको सीमाबाट बेचिन लागेका चेलीहरुको उद्धार गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष कोइरालालाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।